संवैधानिक समितिमा निलाम्बर आचार्य

संवैधानिक समितिको सभापति पदमा निलाम्बर आचार्य निर्वाचित भएका छन । समितिको शुक्रबार भएको निर्वाचनमा उनी २९ मत पाएर विजयी भएका हुन । समितिका ६३ जना मतदातामध्ये ५० जनाले गरेको मतदानमा उनले २९ मत पाए भने उनका प्रतिष्पर्धी मा‌ओवादीका नारायणकाजी श्रेष्ठले २१ मत पाएका छन । पाँच जना सदस्य अनुपस्थित रहे भने पाँच जनाले बहिस्कार गरेपछि उनी विजयी भएका हुन । उनलाई सत्ता पक्षिय २२ दलको समर्थन थियो । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का ३ जना सभासदहरुले भने निर्वाचन प्रकृया बहिस्कार गरे । यस्तै राप्रपा नेपालका १ऽ नेमकिपाका १ र नेकपा एकीकृतका १ जना सभासद पनि उपस्थित थिएनन ।
आचार्यले शुक्रबारै सभामुख सुभासचन्द्र नेम्बाङले सपथ ग्रहण गराएका छन।
आचार्य नेपालको स‌ंविधान २०४७ मस्यौदाकारमध्येका एक हुन । विगतमा नेकपा संयुक्तको राजनीतिमा संलग्न भएका आचार्य नेपाली कांग्रेसका तर्फबाट समानुपातिकबाट सभासद रहेका छन । उनी नागरिक आन्दोलनका अगुवामध्येका एक हुन ।
माधवकुमार नेपाल प्रधानमन्त्री भएपछि गत जेठ ९ गतेबाट सभापति बिहीन रहेको थियो । प्रमुख दलहरुबीच पटक–पटकको सहमति प्रयास असफल भएपछि संवैधानिक समिति सभापतिमा माओवादी र सत्ता गठबन्धन दलबीच प्रतिर्स्पधा भएको ।

संवैधानिक समितिमा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख नेता र सभासद गरी ६३ सदस्य रहेका छन। तीमध्ये एक सिट भएका दलले २ ओटा समितिमा बस्न पाउने तर भोटिङको अधिकार एउटामात्र हुने प्रावधानले मतदाता ५९ जनामात्र मतदाता थिए।

0 comments:

Post a Comment